बैशाख २८, २०८१, शुक्रबार
               

शिखर इन्स्योरेन्सको खुद नाफा १२ प्रतिशतले वृद्धि

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २४ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । 

कम्पनीले पुस मसान्तसम्ममा ११.७३ प्रतिशतले मुनाफा आर्जन गरेको हो । गत वर्षको यस अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

यस अवधिमा २ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीको खुद बीमा शुल्क आर्जन भने ७४ करोड ४५ लाख रुपैयाँ रहेको छ । कुल बीमा शुल्क आर्जन २० प्रतिशतले बढाएको छ । 

कम्पनीको दाबी भुक्तानी २० प्रतिशतले घटेको छ । यसै अवधिमा ३७ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ताले एक करोड २३ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन् । पोलिसी संख्या भने १८ प्रतिशलते घटेको देखिन्छ । सो अवधिमा कम्पनीले एक लाख ४६ हजार वटा पोलिसी बिक्री गरेको छ ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ रहेको छ, भने जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ । बीमा कोष ११ प्रतिशतले बढाएर एक अर्ब १७ करोड रुपैयाँको भएको छ ।

प्रतिशेयर आम्दानीमा ५ रुपैयाँले गिरावट आएको छ ।  प्रतिशेयर आम्दानी ४० रुपैयाँबाट ३५ रुपैयाँ कायम गर्न सफल भएको हो ।
 

यो पनि