बैशाख २८, २०८१, शुक्रबार
               

नेको इन्स्योरेन्सको खुद नाफा ३३ प्रतिशत बढ्यो

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

यस कम्पनीले गत आवको यस अवधिमा ७० करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सो अवधिमा कम्पनीले १६ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।गत वर्षको तुलनामा कम्पनीको नाफा ६० प्रतिशतले बढेको हाे ।

पुस मसान्तसम्ममा कम्पनीले ४४ करोड रुपैयाँ माथि कुल दावी भुक्तानी गरेको छ, भने ८८ करोड रुपैयाँ कुल दाबी भुक्तानी हुन बाँकि रहेको छ  ।

यस अवधिमा कम्पनीमा १ लाख ७४ हजार ७ सय १० वटा बीमालेख जारी भएका छन् ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ, कम्पनीको ६४ करोड ३२ लाख रुपैयाँ जगेडा कोषमा जम्मा रहेको छ । बीमा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ संचित रहेको छ ।

यो पनि