बैशाख २८, २०८१, शुक्रबार
               

सिद्धार्थ बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा ३५ प्रतिशतसम्म छुट

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको गैह्रीधारा स्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख–बिजनेस सपोर्टरपेमेण्ट सोलुसन्स्  सुरेशराज महर्जन र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सि. एन पाण्डेले हस्ताक्षर गरेका छन्  ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले चितवन, पोखरा र काठमाडौंमा रहेको ल्याण्डमार्क होटल,रिसोर्ट एण्ड स्पामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गमार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा ३५ प्रतिशत सम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाकोभुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । 

यस बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरू तथा क्यासब्याक योजनाहरू सञ्चालनमा ल्याउँदै आएको छ । 

यो पनि