बैशाख २८, २०८१, शुक्रबार
               

महिला लघुवित्तको आइपीओ आजबाट निष्काशन

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज (शुक्रबार) बाट निष्काशन भएको छ । 

यस संस्थाले माघ २८ गतेबाट आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भनेको कारण वस मिति परिर्वतन भएर आजको मिति तय भएको हो । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । 

जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो आइपीओमा फागुन ५ गतेदेखिसम्म आवेदन  दिन सकिने छ, भने यस मितिमा माग अनुसारको आवेदन नपरेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्ने छन् । मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
 

यो पनि