बैशाख ३१, २०८१, सोमबार
               

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ०.२९ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४७ करोड २८ लाख खुद बीमा शुल्क आर्जन गर्न सफल गरेको छ । 

गत वर्षको यस अवधिमा कम्पनीले २८ करोड ३५ लाख बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६६ प्रतिशतले बढी हो ।

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा एक अर्ब १३ करोड संचित छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा ४२ करोड ३४ लाख थियो । उक्त अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष १६८ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको १९ हजार ३ सय ६८ वटा बीमालेख रहेको छ । पुस मसान्तसम्ममा कम्पनीले १ करोडमाथि कुल दाबी भुक्तानी गरेको छ ।

गत वर्षको तुलनामा कम्पनीको नाफा ०.२९ प्रतिशतले बढेको छ । कम्पनीले ५ करोड १९ लाख खुद नाफा कमाएको छ । गत वर्षको यस अवधिमा कम्पनीले ५ करोड १८ लाख खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड छ । १४ करोड ४७ लाख जगेडा कोषमा जम्मा रहेको छ । 

यो पनि