बैशाख ३१, २०८१, सोमबार
               

चिलिमे जलविद्युत् कम्पनीद्वारा बोनश शेयर हितग्राही खातामा जम्मा

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । 

यस कम्पनीले पुस १२ गते बसेको चौबिसौँ वार्षिक साधारणसभामा पारित भएको १० प्रतिशत बोनस शेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म शेयर अपडेट गराएका शेयरधनीहरुको हितग्राही खातामा माघ २२ गतेदेखि जम्मा गरिदिएको छ । 

हालसम्म आफ्नो शेयर अपडेट नगरेका शेयरधनीहरुलाई शेयर अपडेट गराई बोनस प्राप्त गर्नका लागि 
कम्पनीले आग्रह गरेको छ । 

साथै, शेयरप्रमाणपत्र धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने छ ।

बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि