बैशाख ३१, २०८१, सोमबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ४०० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छ । 

हिजो (बुधवार) छापावाला सुनको मूल्य तोलामा ९१ हजार ९०० मा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुन तोलामा ९१ हजारमा कारोबार भएको छ । बुधबार तेजावी सुन तोलामा ९१ हजार चार सय कारोबार भएको थियो । 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ , बुधबार तोलामा १,३४० मा कारोबार भएको चाँदी आज तोलामा १,३१५ खरिदबिक्री भइरहेको छ । बुधबारभन्दा बिहीबार चाँदी २५ रुपैयाँले घटेको हो ।


कस्तो लाग्यो ?

यो पनि