बैशाख ३१, २०८१, सोमबार
               

१७ प्रतिशत बढ्यो नेपाल इन्स्योरेन्सको नाफा

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १० करोड २६ लाख मुनाफा आर्जन गरेको छ । कम्पनीको गत वर्षको यस अवधिको तुलनामा १७.३९ प्रतिशतले नाफा बढेको हो । 

बीमा शुल्क आर्जन २३.९७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको जम्मा बीमा शुल्क आर्जन ३९ करोड ९० लाख छ । 

६४ करोड ३३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको पुनर्बीमा कमिसन घटेको छ। कम्पनीको आम्दानी सात करोड पाँच लाख छ।

पोलिसी संख्या पनि ११ प्रतिशतले घटेको छ । यस अवधिमा ७६ हजार ५५८ वटा पोलिसी बिक्री गरेको भएको छ । पोलिसी बिक्रीबापत अभिकर्ताले एक करोड २० लाख प्राप्त गरेका छन् । 

कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ रहेको छ ।

यो पनि