बैशाख ३०, २०८१, आइतबार
               

तारागाउँ रिजेन्सी र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बिहिबार) दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 

उक्त कम्पनीमा तारागाउँ रिजेन्सी होटल र स्वाभिमान लघुवित्त गरेका छन् । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनाका लागि माघ ३० गते बुक क्लोज गर्ने भएको छ । त्यही कारणले 
यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी बन्नु पर्नेछ।

तारागाउँले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित फागुन १४ गते बौद्ध, काठमाडौंमा २४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।

स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस शेयर १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन १३ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ ।

यो पनि