बैशाख ३१, २०८१, सोमबार
               

एसियन लाइफको नाफा ४५ प्रतिशतले बृद्धि

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ३८.५३ प्रतिशतले खुद बीमा शुल्क आर्जन गरेको छ । 

यस कम्पनीले यस अवधिमा तीन अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो ।

कम्पनीले ४५.०२ प्रतिशतले नाफा बढेको छ भने १७ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिमा १२ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

अभिकर्ताले यस अवधिमा ३८ करोड ६९ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन् । गत वर्ष अभिकर्ताले २५ करोड ९५ लाख रुपैयाँ प्राप्त गरेका थिए । 

कर्जा प्रवाह तथा लगानीबाट ९५ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्षको भन्दा ३४.४० प्रतिशतले बृद्धि गरेको हो ।

कम्पनीले पोलिसी संख्या ९ प्रतिशतले बृद्धि गरी तीन लाख ९ हजार वटा पोलिसी बिक्री गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँबाट १७ रुपैयाँ कायम भएको छ । हाल एसियन लाइफसँग चुक्ता पुँजी २ अर्ब एक करोड रुपैयाँ छ । जगेडा कोषमा ७२ करोड ३१ लाख रुपैयाँ जम्मा भएको कम्पनीले जनाएको छ ।

यो पनि