बैशाख ३१, २०८१, सोमबार
               

टाटा मोटर्सको 'भ्यालेन्टाइन सप्ताह’

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपालका लागि को आधिकारिक वितरक सिप्रदी ट्रेसिङ प्रालिले भ्यालेन्टाइन सप्ताह २०२१ मनाउँदै छ । उक्त अवसरमा ‘भ्यालेन्टाइन डे स्पेशल ड्राइभ सेफ्टी इन स्टाइल’ कार्यक्रमकाे याेजना ल्याएकाे छ ।

माघ ३० देखि फागुन २ गतेसम्म (१२ फेब्रुअरी देखि १४ फेब्रुअरी, २०२१) सम्म  थापाथलीमा रहेको टाटा मोटर्सको शोरूममा यस कार्यक्रम आयाेजना हुने भएकाे हाे । ग्राहकरुले यस कार्यक्रममा सहभागी भएर नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीकाे अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको गाडी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रमलगायतका विशेष आकर्षक प्याकेजहरु समेटिएका छन् ।  

टाटा मोटर्सको शोरूम गएर नयाँ गाडी खरिद गर्दा आकर्षक अफर पाउन सकिने छ । 


कस्तो लाग्यो ?

यो पनि