बैशाख ३१, २०८१, सोमबार
               

नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश प्रस्ताव पारित

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५१ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ ।बुधबार पर्सामा बसेको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिन लागेको हो ।

हाल यस कम्पनीको चुक्तापुँजी पाँच अर्ब ५० करोड रहेको छ । कम्पनीले हाल कायम प्रतिशेयर मूल्य १०० लाई घटाएर ५० कायम गर्ने प्रस्तावसभाबाट पारित गरेको हो । 

पारित ३१ प्रतिशत बोनस शेयरपश्चात् कम्पनीको सात अर्ब १९ करोड चुक्तापुँजी पुग्नेछ । बोनसपश्चात् कम्पनीको शेयर कित्ता सात करोड १९ लाख रहनेछ ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनका लागि माघ १४ देखि २८ गतेसम्म बुक कलोजको समयावधि तोकेको थियो । बुक क्लोजका आधारमा माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन् ।

यो पनि