बैशाख ३१, २०८१, सोमबार
               

नेपाल सेवा लघुवित्तको खुद नाफा ६१९ प्रतिशले बढ्यो

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सेवा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८५ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । 

गत वर्षको भन्दा ६१९.१६ प्रतिशले नाफा बढेको हो । गत वर्ष यस कम्पनीले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि २२७.८१ प्रतिशतले बढाएर २ करोड २३ लाख रुपैयाँ पुगेको छ । 

गत वर्ष यसले ६८ लाख ३ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । हाल यसको चुक्ता पूँजी ६ करोड १५ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा १ करोड २९ लाख रुपैयाँ छ । 

कम्पनीको खराब कर्जा ४.१५ प्रतिशतले बढेको छ । गत वर्ष खराब कर्जा १.७० प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ५ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि