जेठ ०१, २०८१, मंगलबार
               

विजय लघुवित्त वित्तीय विशेष साधारणसभा फागुन १५ गते

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १५ गते विजय विकास स्रोत केन्द्र, गैँडाकोट, नवलपरासीमा बिहान ९ बजे विशेष साधारणसभा गर्ने भएको छ ।  

उक्त सभाको मुख्य एजेण्डा खप्तड वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । प्राप्ति सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति, दायित्व र कारोबारको मूल्यांकन प्रतिवेदन, प्राप्ति सम्बन्धमा सञ्चालन समितिले गरेको निर्णय एवं  सो सम्बन्धमा भएका कामकारबाही र खर्च अनुमोदन गर्दै अन्तिम सम्झौतापत्र स्वीकृति गर्ने रहेको छ ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ६ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
 

यो पनि