जेठ ०१, २०८१, मंगलबार
               

अजोड इन्स्योरेन्सको खुद नाफा ७५ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक त्रैमासमा चार करोड ६ लाख खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको यस अवधिको तुलनामा कम्पनीको नाफा ७५ प्रतिशत बढी हो । गत वर्षको कम्पनीले यस अवधिमा दुई करोड ३१ लाख नाफा आर्जन गरेको थियो । 

बिमा कोषमा आठ करोड २७ लाख रहेको छ । गत वर्ष कम्पनीको बिमा कोषमा चार करोड २१ लाख थियो । यस अवधिमा कम्पनीले २० करोड ८६ लाख खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष सो अवधिसम्म कम्पनीले १६ करोड ७७ लाख खुद बिमा शुल्क आर्जन गरेको थियो, भने खुद बिमा शुल्क आर्जन २४ प्रतिशतले बढेको छ ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले नौ करोड ७४ लाख खुद दाबी भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब रहेको छ । जगेडा कोषमा ६ करोड ६३ लाख रहेको छ ।प्रतिशेयर ८१३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय १५ ६४ पैसा रहेको छ ।

यो पनि