बैशाख २९, २०८१, शनिबार
               

रुरु जलविद्युतको आईपीओ फागुन ७ गते खुल्ने

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर (आइपीओ)  ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता निष्काशन गर्ने लागेको हो ।  

कम्पनीले दुई चरणमा आईपीलो निष्काशन गर्ने छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि फागुन ७ गतेबाट आईपीओ निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्काशन गर्नेछ ।

नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको थियो । जसमा पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताहरूले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन सक्ननेछन् । 

उक्त आईपीओमा फागुन २१ गते आवेदन दिने मिति तय भएको छ । सो मितिमा माग अनुसारको आवेदन नपरेमा चैत ८ गतेसम्म म्याद थप्ने जनाइएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यो पनि