बैशाख ३०, २०८१, आइतबार
               

सूर्या लाइफको बिमा शुल्क आर्जनमा ७७ प्रतिशत बृद्धि

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बिमा शुल्क आर्जनमा ७७ प्रतिशतले बृद्धि भएको छ । 

यस कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ३२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन दुई अर्ब २८ करोड रुपैयाँ छ । 

गत वर्षको यस अवधिमा कम्पनीको खुद बीमा शुल्क एक अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

यस कम्पनीले दोस्रो त्रैमाससम्ममा ३५ करोड ५९ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यस अवधिमा १४ करोड ५५ लाख रुपैयाँ थियो । 

अभिकर्ताले सो समयमा २५ करोड ८२ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन् । गत वर्षमा अभिकर्ताले १६ करोड ३६ लाख रुपैयाँ लिएका थिए । कम्पनीको ३२ प्रतिशतले खुद मुनाफा आर्जन बढेको हो । यस अवधिमा २० करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

पोलिसी संख्या २६ प्रतिशतले घटेको छ भने  कम्पनीले तीन लाख २६ हजार ४९६ वटा पोलिसी बिक्री गरेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७२ करोड रुपैयाँ छ । जीवन बिमा कोष ९ अर्ब २८ करोड रुपैयाँ बनाउन सफल भएको छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँले बढेर १८ रुपैयाँ पुगेको छ ।

यो पनि