बैशाख २९, २०८१, शनिबार
               

युनाइटेड इन्सुरेन्सको खुद नाफा ३५.६४ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । युनाइटेड इन्सुरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा ३५.६४  प्रतिशतले बढेको छ । 

यस अवधिमा कम्पनीको खुद नाफा २ करोड ७४ लाख ९० हजार रुपैयाँ पुगेको हो । 

गत वर्ष कम्पनीले २ करोड २ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । बिमा कोषको आकार ३.५० प्रतिशतले घटेर ३२ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ । 

गत वर्ष बिमा कोषमा ३३ करोड ६२ लाख रुपैयाँ थियो । खुद बिमा शुल्क ४९.३४ प्रतिशतले बढेर २६ करोड ३० लाख रुपैयाँ पुगेको छ । 

कम्पनीले गत वर्ष १७ करोड ६१ लाख रुपैयाँ मात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो । 

दोस्रो त्रैमाससम्म कम्पनीले २० करोड ९० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ७२ करोड ५ लाख रुपैयाँ रहेको छ । 

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ छ । जगेडा कोषमा ९ करोड ८१ लाख ४८ हजार रुपैयाँ रहेको छ  । संस्थाको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७७ पैसा छ । 


कस्तो लाग्यो ?

यो पनि