बैशाख ३०, २०८१, आइतबार
               

बुटवल पावर कम्पनीको नाफा ८३.८९ प्रतिशतले घट्यो

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बुटवल पावर कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ८३.८९ प्रतिशतले घटेको छ ।

दोस्रो त्रैमासमा १३ करोड ८३ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यस अवधिमा कम्पनीले ८५ करोड ८८ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

यस कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी सामान्य घटेर ३९ करोड ३ लाख २० हजार रुपैयाँ रहेको छ । गत वर्ष विद्युत बिक्रीबाट ४० करोड ४७ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

अन्य आम्दानी शीर्षकमा भने उल्लेख्य कमि देखिएको छ । गत वर्ष ७४ करोड १३ लाख १७ हजार रुपैयाँ अन्य आम्दानी गरेकामा अहिले १ करोड ६३ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । 

हाल बुटवल पावरको सेयर पुँजी २ अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ छ । 

रिजर्भ कोषमा ३ अर्ब ९२ करोड ७८ लाख ५२ हजार रुपैयाँ छ । 

प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ ६९ पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३२ रुपैयाँ थियो ।

यस्तै, प्रतिसेयर नेटवर्थ पनि २६० रुपैयाँ २० पैसाबाट घटेर अहिले २३३ रुपैयाँ ९ पैसामा सीमित भएको छ ।


कस्तो लाग्यो ?

यो पनि