मंसिर ०७, २०८१, शुक्रबार
               

वैदेशिक लगानी भित्र्याउँदा अब राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ संशोधनको तयारी गर्दै एफडीआईबापतको रकम भित्राउँदा पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । यससँगै (एफडीआई) बापतको रकम ल्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने भएको हो ।

यसका लागि राष्ट्र बैंकले राय सुझाव माग गरेको छ । राष्ट्र बैंककाे विनियमावलीमा भनिएको छ, ‘विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपछि त्यसबापतको  विदेशी मुद्रा नेपाल भित्र्याउन वा पठाउन नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्ने छैन । तर विदेशी लगानी स्वीकृत भएपछि विदेशी मुद्रा भित्राउन वा पठाउनुअघि तोकिएको ढाँचामा इकाईमा लिखित जानकारी दिनुपर्नेछ ।’

नेपालमा वैदेशिक लगानीबापतको रकम भित्राउन प्रक्रिया लामो भएको गुनासो आएकाले यसलाई सुधार गर्न लागिएको राष्ट्र बैंकका विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले  दिए । 

राष्ट्र बैंकले यसअघि डलर खाताविना पनि पाँच सय डलरसम्म भुक्तानी गर्न सकिने प्रस्ताव गरिसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि