बैशाख २९, २०८१, शनिबार
               

ग्रीन लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको माघ २३ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला गरेको साधारण शेयर (आईपीओ) आवेदन दिने आज अन्तिम दिन हाे । 

यस कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको थियो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

पहिला यस कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरेको हो । कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो ।

यस कम्पनीले एक सूचना जारी गर्दै निष्कासन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्र र सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलार्ई माघ २७ गते बैंकिङ्ग समय पश्चात आवेदन बन्द गर्न निर्देशन दिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । 

यो पनि