बैशाख ०७, २०८१, शुक्रबार
               

नेपाल इन्भेष्टमेण्ट बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।

यस बैंकले पुस २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अपडेट गराएका शेयरधनीहरूको हकमा नगद लाभांश जम्मा गरिदिएको हो । उक्त मितिपछि बैंक खाता अपडेट गर्ने शेयरधनीहरूकोसमेत बैंक खातामा नगद लाभांश जम्मा गरिदिने छ । 

बैंकले हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंक खाता अपडेट नगराएका शेयरधनीहरूलाई हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ । 

शेयर प्रमाणपत्र धितो राखेका शेयरधनीहरूले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र उपलब्ध गराएपश्चात् बैंक खातामा नगद लाभांश जम्मा गरिने बैंकले जनाएको छ । 

यो पनि