बैशाख ३०, २०८१, आइतबार
               

कुमारी मोबाइल एप्लिकेशनबाट आन्तरिक रेमिट्यान्स गर्न मिल्ने

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

कुमारी बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसनमार्फत नै आन्तरिक विप्रेषण गर्न मिल्ने व्यवस्था ल्याएको छ ।

रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागि ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरू र बैंकका १० हजारभन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरूमार्फत रकम बुझ्न सक्ने बैंकले जनाएको छ ।

जसका लागि ग्राहकवर्गले आफ्नो कुमारी स्मार्ट एप्लिकेशन खोली कुमारी रेमिट फिचरमा क्लिक गरी प्रापकको विवरण र सम्पर्क नम्बर राखेर आफूले चाहेको रकम पठाउन सक्नेछन् । यसका लागि न कुनै फारम, कागजातको झन्झट, न त कुनै कार्यालय धाई राख्नुपर्ने भएकाले ग्राहकहरूलाई थप सन्तुष्टि र सुविधा पुग्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

आफ्नो डिजिटल सामर्थ्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६३ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । साथै नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा सुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि