बैशाख १४, २०८१, शुक्रबार
               

नेपाल इन्भेष्टमेण्ट बैंकद्धारा केटु हिमाल आरोहीहरूलाई सम्मान

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले केटु हिमाल आरोहीहरूलाई सम्मान गरेको छ ।

निर्मल पूर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो उच्च हिमाल केटुको शिखरमा पुग्ने नयाँ विश्व कीर्तिमान स्थापित गरेकोमा यस बैंकले सम्मान गरेको हो ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले उक्त आरोहीहरूलाई  सम्मानमा गरेर १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकाे छ । 

आरोहीहरू नेपाललाई गौरवान्वित तुल्याएको भन्दै उक्त टोलीलाई धन्यवाद दिदैँ आगामी दिनमा अझ योगदान दिन लागि प्रेरणाको रूपमा काम गर्ने आशा लिएको बैंकले जनाएको छ।

यस बैंकले हालसम्म ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरमार्फत् सेवा दिँदै आएको छ ।

यो पनि