बैशाख ३१, २०८१, सोमबार
               

सानिमा लाइफको खुद नाफा १५.४० प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ५४ लाख खुद नाफा कमाएको छ । 

गत वर्ष भन्दा १५.४० प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले ४ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क १३४.७७ प्रतिशतले बढाएर ९५ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष सानिमाले ४० करोड ७३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

जीवन बिमा कोष ६७ करोड रुपैयाँबाट बढाएर १ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । हाल सानिमा लाइफ इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा १७ करोड १९ लाख रुपैयाँ छ । 

यो पनि