बैशाख ३१, २०८१, सोमबार
               

तारागाउँ रिजेन्सी होटल्सको साधारणसभा फागुन १४ गते

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको वार्षिक साधारण सभा फागुन १४ गते गर्ने भएको छ । 

उक्त साधारण सभा तारागाउँको रजिष्टर्ड कार्यालय, बौद्ध काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।  

सभामा यस होटल्सले गत वर्षको नाफाको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तैगरी, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज हुनेछ । माघ २९ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो पनि