बैशाख २०, २०८१, बिहीबार
               

राष्ट्र बैंकद्धारा दुई अर्ब बराबरको बचतपत्र बिक्री

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २७ गतेबाट वार्षिक ९ प्रतिशत ब्याजदरमा दुई अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ । 

यस बैंकले फागुन २५ गतेदेखि पाँच वर्षका लागि नागरिक बचतपत्र २०८२ निष्काशन गर्नेछ ।

१० हजार घटीमा र बढीमा कूल निष्कासित रकमको सीमा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

ब्याजको भुक्तानी भने ६ र ६ महीनामा हुने राष्ट्र बैंकले जनाएको छ ।

आवेदन फाराम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयबाट निःशुल्क उपालब्ध छ । 

उक्त बचतपत्रमा माघ २७ गतेदेखि फागुन १८ गतेसम्म आवेदन दिन सकिने छ । 
 


कस्तो लाग्यो ?

यो पनि