बैशाख ३१, २०८१, सोमबार
               

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ५१ प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले माघ २८ गते वार्षिक साधारण सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे गर्ने भएको छ ।  

यस कम्पनीले ३१ प्रतिशत बोनस सेयर र करसहित २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव गर्ने छ । 

यस प्रस्तावलाई साधाण सभाबाट पारित गरी नियामकबाट पनि अनुमति लिनुपर्ने हुन्छ । साथै,सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभा गर्न कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ । माघ १३ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
 

यो पनि