बैशाख ३१, २०८१, सोमबार
               

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । 

यस बैंकले (आज) माघ २६ गते सम्म ऋणपत्रमा आवेदन दिने मिति तोकेको भए पनि पर्याप्त आवेदन नपरेपछि फागुन ६ गते सम्मका लागि थपेको हो ।  

बैंकले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दरखास्त दिन सकिने छ । 

१० लाख कित्तामध्ये ६ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गरिने छ, भने बाँकी ४ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट विक्री गरिनेछ ।

सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागिनै निष्कासन गरिने बैंकले जनाएको छ । 

ऋणपत्रको विक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि