बैशाख ३१, २०८१, सोमबार
               

नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता,१५ प्रतिशत छुट

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौतापछि रिसोर्टमा बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका हुन् ।

डेबिट र क्रेडिटर अन्य प्रिभिलेज कार्ड, मोबाइल–इन्टरनेट बैंकिङलगायतका डिजिटल माध्यममार्फत एकोमोडेसन तथा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत सम्मको छुटपाउने सम्भौतापत्रमा हस्ताक्षर भएको छ ।

आगन्तुक रिसोर्ट बनेपा–६ भ्यूटावर मार्ग गोसाईमा रहेको छ । 

नेपाल बैंकले हाल देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १ सय ४२ वटा एटीएम माध्ययमबाट आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि