बैशाख १६, २०८१, आइतबार
               

हिमालयन डिष्टिलरीको नाफा ५६.५४ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । हिमालयन डिष्टिलरीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा ५६.५४ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले सो ३९ करोड ७६ लाख ४८ हजार आर्जन गर्न सफल भएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २५ करोड ४० लाख २० हजार नाफा कमाएको थियो ।

दोस्रो त्रैमाससम्ममा कम्पनीको मदिरा बिक्रीबाट हुने आम्दानी ३३.९२ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ७७ लाख ८० हजार पुगेको छ । गत वर्ष संस्थाले मदिरा बिक्रीबाट १ अर्ब ८ करोड १० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यस कम्पनीको प्रतिसेयर आम्दानी ९१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ८३ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि