बैशाख १६, २०८१, आइतबार
               

एनसीसी बैंकको संस्थापक शेयर फागुन २ गतेदेखि लिलामी हुँदै

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स बैंकको संस्थापक शेयर फागुन २ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ ।

यस कम्पनीले २५ लाख कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्त शेयरमा इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरूले आवेदन गर्न सक्नेछन् ।

सो शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रहेको छ जसमा सो वा सोभन्दा बढी मूल्य अंकित गरी लगानीकर्ताले आवेदन गर्न सकिने छ ।

आवेदकले बोलपत्र पेश गर्दा न्यूतमम १ हजार कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने पनि कम्पनीले जानकारी दिएको छ ।

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन ९ गते बैंकिङ समयसम्म रहेको छ । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 
 

यो पनि