बैशाख १६, २०८१, आइतबार
               

चन्द्रगिरि हिल्सको पहिलो कारोबार १६१ रुपैयाँबाट सुरु

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको पहिलो कारोबार नेपाल स्टक एक्सचेन्जमा आज (आइतबार) बाट खुलेको छ ।  

कम्पनीले माघ २३ गते नेप्सेमा शेयर सूचिकृत गरी प्रिओपनिङ सेसनमा दुई जनाले १०/१० कित्ता शेयर १६१ रुपैयाँमै बिक्री गरेपछि पहिलो कारोबार १६१ रुपैयाँबाट सुरु भएको हो । शुक्रबार कम्पनीको एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज पाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि