बैशाख १६, २०८१, आइतबार
               

विजय लघुवित्तको खुद नाफा २८ प्रतिशतले बृद्धि

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । विजय लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २८.७४ प्रतिशतले बढेर ७ करोड २९ लाख १३ हजार रुपैयाँ पुगेको छ । 

गत वर्ष यस अवधिमा कम्पनीले ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ अर्थात २३ प्रतिशत पुगेको छ । गत वर्ष यस अवधिमा कम्पनीले १२ करोड ६३ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

सञ्चालन नाफा ६.६६ प्रतिशतले बढेर ८ करोड ५५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ८ करोड २ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

कम्पनीको खराब कर्जा ०.५८ प्रतिशतले बढेर ३.२१ प्रतिशत पुगेको छ । गत वर्ष खराब कर्जा २.६३ प्रतिशत थियो । 

जगेडा कोषमा १२ करोड८५ लाख २३ हजार रुपैयाँ छ । 

प्रतिसेयर आम्दानी वार्षिक ५४ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ २१ पैसा छ । 

यस कम्पनीको चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ  छ । 


कस्तो लाग्यो ?

यो पनि