बैशाख १५, २०८१, शनिबार
               

सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ९.८१ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

गत वर्षको  तुलनामा ९.८१ प्रतिशतले  खुद नाफा वृद्धि गरेको हो । 

यस कम्पनीले गत वर्ष १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

खुद बीमा शुल्क ७३.२९ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष भने ७९ करोड ३६ लाख ८८ हजार रुपैयाँ मात्र खुद बीमा शुल्कबाट आर्जन गरेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । 

रिजर्भ कोषमा ७३.२९ प्रतिशतले बढेर ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ जम्मा गरेको छ । 
 

यो पनि