बैशाख १५, २०८१, शनिबार
               

साल्ट ट्रेडिङद्वारा बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । 

कम्पनीको मंसिर ३० गते बसेको ५३औं वार्षिक साधारणसभाले पारित गरेको २५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको  हो । 

मंसिर १४ गतेसम्म शेयर अपडेट गराएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ । 

उक्त मिति पछि शेयर अपडेट गराएका शेयरधनीहरूलाई पनि सो बोनस शेयर जम्मा गरिने कम्पनीले जनाएको छ । 

मंसिर १४ गतेसम्म शेयर प्रमाणपत्र धितो राखी कर्जा सुविधा लिएका शेयरधनीहरूको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूको नाममा नै रोक्का जनाइ शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ ।


 

यो पनि