बैशाख १६, २०८१, आइतबार
               

ग्रामीण विकास लघुवित्तको नाफा ५९ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाकाे नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५९ प्रतिशतले वृद्धि भएको छ ।

यस कम्पनीको गत आवको दोस्रो त्रैमासमा ११ करोड १८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर १७ करोड ८४ लाख पुगेको हो ।

हाल यस कम्पनीको चुक्तापूँजी ९८ करोड २५ लाख रहेको छ । कम्पनीले जगेडा कोषमा ७७ करोड ८ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको पूँजीकोष ११.४० प्रतिशत, निष्क्रिय कर्जा ४.२० प्रतिशत, पूँजी कोष लागत ६.२२ प्रतिशत रहेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी ३६.३२, प्रतिशेयर नेटवर्थ १७८.४६ रहेको छ ।

यो पनि