बैशाख ३०, २०८१, आइतबार
               

सेन्ट्रल फाइनान्सको साधारणसभा माघ २३ गते

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा माघ २३ मा हुने भएको छ ।सभा कर्पोरेट भवन, कुपण्डोल, ललितपुरमा बिहान ११मा हुने बताइएको छ । फाइनान्सको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

फाइनान्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १२ गतेदेखि माघ २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले, माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभामा फाइनान्सको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरण छलफल गरी पारित तथा आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेजस्ता एजेन्डा छन् ।


कस्तो लाग्यो ?

यो पनि