बैशाख ३०, २०८१, आइतबार
               

सानिमामाई हाइड्रोपावर कम्पनीको खुद नाफा ३२ करोड २२ लाख

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३२ करोड २२ लाख खुद नाफा कमाएको छ ।

गत वर्षको दोस्रो त्रैमाससम्ममा २८ करोड ७९ लाख खुद नाफा गरेको थियो । कम्पनीको हाल दुई अर्ब ८० करोड चुक्ता पुँजी  छ ।

यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ५९ करोड ९ लाख सञ्चित छ। यो अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट आम्दानी ५२ करोड ७६ लाख रुपैयाँबाट बढेर ५४ करोड ६५ लाख पुगेको छ।

कम्पनीको  प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९४ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२१:२१ पैसा रहेको छ।

यो पनि