बैशाख ३१, २०८१, सोमबार
               

इन्फ्राष्ट्रक्चर बैंकको नाफा ७.७२ प्रतिशतले घट्यो

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफा ७.७२ प्रतिशतले घटेको छ । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक समयसम्ममा ३५ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ४० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकहरूले पुस मसान्तसम्ममा १० अर्ब १६ करोड रुपैयाँको कर्जा लगानीका लागि स्वीकृति दिएको छ । कर्जा स्वीकृति दिए पनि उक्त कर्जा प्रवाह हुन अझै केहि वर्ष लाग्छ । सम्बन्धित पुर्वाधार कम्पनीहरूले पुर्वाधार निर्माणको विभिन्न चरणमा उक्त पैसा लैजाने भएकाले अहिले नै कर्जा प्रवाह हुन नसकेको बैंकले जनाएको छ ।

गत महिना सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँको प्राथमिक शेयर जारी गरेको बैंकको स्रोत थप बृद्धि भएको छ । तर कर्जा लगानीका लागि अझै पुर्वाधार भने भेट्टाउन सकेको छैन ।

बैंकले ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।  हाल बैंकले विभिन्न बैंकहरूमा १३ अर्ब ४३ करोड रुपैयाँ निक्षेपको रुपमा जम्मा गरेर राखेको छ । यस्तो रकम गत वर्षको भन्दा १८ प्रतिशतले बढेको छ । 

बैंकको कष्ट अफ फण्ड ९.४० प्रतिशत रहेको छ । तर बैंक तथा वित्तीय संस्थामा पाउने मुद्दती निक्षेपको व्याजदर भने ७ प्रतिशतभन्दा धेरै छैन । प्रतिशेयर आम्दानी ५ रुपैयाँमा खुम्चिएको छ ।

यो पनि