बैशाख ३१, २०८१, सोमबार
               

कामना सेवा विकास बैंकको १ अर्ब बराबरको ऋणपत्रमा आजबाट आवेदन खुल्ला

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र आजबाट आवेदन खुल्ला गरेको छ ।

यस बैंकले १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्रमा आजदेखि निष्काशन गरेको हो । 

१० लाख कित्तामध्ये ६ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गरिने छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट विक्री गरिनेछ । सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागिनै निष्कासन गरिने बैंकले जनाएको छ । 

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्ता सम्म दरखास्त दिन सकिने छ । 

ऋणपत्र निष्कासन बन्द  माघ २६ गते हुने छ ,भने उक्त समयमा आवेदन पुरा नभएमा फागुन ६ गतेसम्म रहने छ । 

ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि