बैशाख ३१, २०८१, सोमबार
               

नेपाल बंगलादेश बैंकद्वारा डिसीकार्ड योजना

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल बंगलादेश बैंकले विभिन्न पेसामा कार्यरत पेसागत व्यक्तिलाई लक्षित गरी व्यक्तिगत आवश्यकता परिपूर्ति गर्न डीसी कार्ड योजना ल्याएको छ । 

सो योजनाअन्तर्गत ग्राहकले एउटै खाताबाट कर्जा तथा बचतको सुविधा पाउन सक्नेछन् । 

यस योजनामा ग्राहकले कर्जा सीमाअन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् । सीमाबाहेकको रकम खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

हाल यस बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८२ एटिएममार्फत् बैंकिङ सेवा दिँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि