बैशाख ३१, २०८१, सोमबार
               

९१७.१७ प्रतिशतले बढ्यो कालिका लघुवित्त वित्तीय संस्थाको नाफा

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ७५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

गत वर्षको यस अवधिको तुलनामा संस्थाको नाफा ९१७.१७ प्रतिशतले बढी हो । 

संस्थाले खुद ब्याज आम्दानी ५९.६१ प्रतिशतले वृद्धि गरी १३ करोड ३ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा ९५ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।

जगेडा कोषमा १७ करोड ४३ लाख ५२ हजार रुपैयाँ संचिती रहेको छ । संस्थाको खराब बर्जा ३.०१ प्रतिशतबाट बढेर ४.६६ प्रतिशत पुगेको छ । 

प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ । हाल संस्थाको चुक्त पुँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ छ । 

यो पनि