बैशाख ३१, २०८१, सोमबार
               

उपकार लघुवित्तको नाफा ३ करोड ९३ लाख १० हजारले बढ्यो

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ९३ लाख १० हजार खुद नाफा कमाएको छ । 

गत आवको यस अवधिमा कम्पनीले १ करोड ८ लाख १७ हजार खुद नाफा कमाएको थियो ।

यस अवधीसम्म कम्पनीले ७३ करोड ८२ लाख ६३ हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ १ अर्ब ३९ करोड २२ लाख ३३ हजार प्रवाह गरेको छ । 

कम्पनीले चालु आवको यस त्रैमासमा ९ करोड ९२ लाख १६ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने ६ करोड १६ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा १० करोड ८३ लाख जम्मा गरेको छ । हाल यस कम्पनीको चुक्तापुँजी ४ करोड २० लाख रहेको छ । 

यो पनि