बैशाख २८, २०८१, शुक्रबार
               

अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले मिग होल्डिङ्स लिमिटेडसँग सामूहिक दुर्घटना बीमासम्बन्धी सम्झौता गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै मिग होल्डिङ्स लिमिटेडका कर्मचारी र लगानीकर्ताले सामूहिक दुर्घटना बीमा सम्वन्धी सुविधा अजोड इन्स्योरेन्सबाट लिन सक्ने जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि