काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३२८ को ९.२६ प्रतिशत बोनस शेयर (बोनसमा लाग्ने कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।