बैशाख २८, २०८१, शुक्रबार
               

महुली लघुवित्तको खुद नाफा ८३.६१ प्रतिशतले बढायो

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । महुली लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा ८३.६१प्रतिशतले बढेको छ । 

नाफा बढेपछि लघुवित्तको यो अवधिमा ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ पुगेको हो । 

गत वर्ष संस्थाले २ करोड ३ लाख ५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

यस अवधिमा खुद ब्याज आम्दानी ७.३९ प्रतिशतले बढेर ९ करोड ६४ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ८ करोड ९७ लाख ७५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

साथै, सञ्चालन नाफा पनि ४ करोड २२ लाख ४१ हजार रुपैयाँ अर्थात २८.९२ प्रतिशत बढेको छ । गत वर्ष यस  संस्थाले ३ करोड ३१ लाख ३७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 

जगेडा कोषमा गत ३ लाख ७२ हजार रुपैयाँ छुट्याएको संस्थाले यो वर्ष १ करोड ७१ लाख ८३ हजार रुपैयाँ छुट्याएको छ । 

खराब कर्जा १.१९  प्रतिशतले बढेर ३ प्रतिशत पुगेको छ । गत वर्ष खराब कर्जा १.८१ प्रतिशत थियो । 

प्रतिसेयर आम्दानी वार्षिक ३९ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ४७ पैसा रहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि