बैशाख २८, २०८१, शुक्रबार
               

स्वाभिमान लघुवित्तको २१.५ प्रतिशत लाभांशको प्रस्ताव

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १३ गते चौंथो वार्षिक साधारण सभाडार्सिज इन्टरनेसनल होटल, बुटवलमा दिउँसो ३ बजेका गर्ने भएको छ । 

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि माघ ३० गतेदेखि बुक क्लोज गर्ने छ । माघ २५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

उक्त सभाको मुख्य एजेण्डामा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।  

यो पनि