बैशाख २८, २०८१, शुक्रबार
               

चन्द्रागिरि हिल्सको शेयर कारोबार अर्को साताबाट हुने

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि हिल्स कम्पनीको शेयर दोस्रो बजारमा कारोबार अर्को साताबाट हुने भएको छ । दोस्रो बजारमा कारोबार हुने गरीे शेयर सूचीकरणको लागि प्रक्रिया अगाडि बढाएको कम्पनीले बताएको छ । 

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणको लागि १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओ गत माघ ९ गते बाँडफाट भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको शेयर दुई दिनमा शेयर सूचीकरण हुने भएको छ । 

दोस्रो बजारमा पहिलो कारोबारको लागि ९६.९९ देखि २९०.०७ ओपन रेञ्ज हुने र कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थ तीन गुणासम्मको मूल्य तोक्ने जनाएको छ । 
 

यो पनि