बैशाख २८, २०८१, शुक्रबार
               

छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा २७.७९ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६१ करोड ५४ लाख ९४ हजार रुपियाँ खुद नाफा कमाएको छ । गत वर्षको सो अवधिमा भन्दा २७.७९ प्रतिशतले बढेको हो । 

गत वर्ष ४८ करोड १६ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।संस्थाको खुद ब्याज आम्दानी ०.३६५ ले घटेर ९८ करोड ४१ लाख १० हजार रुपियाँमा आएको छ । 

सञ्चालन नाफा भने १०.४२५ ले बढेर ८२ करोड ३२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । यस्तै, पुस मसान्तसम्म १५ करोड ३६ लाख ८५ हजार रुपैयाँ राइट ब्याक गरेपछि खुद नाफामा वृद्धि भएको देखिन्छ ।

यस संस्थाको खराब कर्जा ०.३५ प्रतिशत बाट बढेर २.१३५ पुगेको छ ।रिजर्भ कोषमा २ अर्ब ६१ करोड ४८ लाख ३१ हजार रुपैयाँ जम्मा भएको छ । 

छिमेकको चुक्ता पुँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६७ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ८९ पैसा रहेको छ । 

यो पनि